Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकक २ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले आरबीबी म्युचुअल फन्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आरबीबी म्युचुअल फन्ड–२ को करसहित ८.७४ प्रतिशत नगद लाभांशको निर्णय भएको जनाइएको छ ।

भदौ ३१ गते फन्डको बुक क्लोज मिति तय गरिएको छ । यसअनुसार भदौ ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal