Skip to content
Prabhu

सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २७२७ विन्दुमा रहँदा कारोबार साढे ९ अर्बमा सीमित

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन ९० अंकको गिरावट आएको बजारमा आज १२ दशमलव १० अंकले घटेको हो ।

बिहीबारको सेयर कारोबार बन्द हुँदा परिसूचक १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ विन्दुमा पुगेको छ । दिनभरको कारोबारमा आज १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको सेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको बजारमा आज जम्मा साढे ९ अर्ब बढीको कारोबार भएको छ । बिहीबारको कारोबार बन्द हुँदा सेयर बजारमा ३१६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर १ लाख १२ हजार ६९२ पटक खरिद बिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३५ अंकले घटेर ४८६ दशमलव ३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटाको घटेको छ । आज लघुवित्त समूहको उपसूचक र ट्रेड्रिङ उपसमूहको उपसूचक बढेको छ ।

सेयर बजार घटेको दिन आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal