Skip to content
Prabhu

सेयर बजार घट्दा यी ५ कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाए

काठमाडौं । बिहीबार सेयर बजार १२ अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्यो भने १३८ वटाको घट्यो । कारोबार रकम तथा परिसूचक दुवै घटेको दिन सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य ४७० रुपैयाँले बढेर ५ हजार १७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले धेरै हो ।

त्यस्तै आज युनिक नेपाल लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, अपर हेवाखोला हाइड्रोपावर कम्पनी र गुडविल फाइनान्सका सेयरधनीले भने सबैभन्दा धेरै कमाए । आजको कारोबार बन्द हुँदा युनिक नेपाल लघुवित्तको सेयर मूल्य ९.१४ प्रतिशत अर्थात् २३३ रुपैयाँले बढेर २ हजार ७८३ रुपैयाँ पुगेको छ । त्यस्तै नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य पनि ८.४३ प्रतिशत अर्थात् १९१ रुपैयाँ ९० पैसाले बढेर २ हजार ४६७ रुपैयाँ ९० पैसा पुगेको छ ।

बिहीबारको कारोबार बन्द हुँदा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ७.९२ प्रतिशतले बढेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मुल्य ४० रुपैयाँले बढेर ४५४ रुपैयाँ पुगेको छ । आज गुडविल फाइनान्सको सेयर मूल्य ९० रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ७.८३ प्रतिशतले धेरै हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal