Skip to content
Prabhu

सेयर बजारमा धेरै घट्ने शीर्ष ५ कम्पनी ३ हाइड्रोपावर

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार रकममा समेत उच्च गिरावट भएको दिन १३८ कम्पनीको सेयर मूल्य घटेर बन्द भयो ।

आज सेयर बजारमा सबैभन्दा धेरै घट्ने शीर्ष पाँच कम्पनीमा ३ वटा हाइड्रोपावर छन् । त्यस्तै एक फाइनान्स कम्पनी र एनआरएनए इन्फास्टक्सचर एण्ड डेभपमेन्ट कम्पनी रहेको छ । आज विन्दाबासिनी हाइड्रोपार डेभलपमेन्ट कम्पनी, न्यादी हाइड्रोपावर लिमिटेड र मन्दाकिनी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै गुमाए । त्यस्तै नेपाल फाइनान्सको सेयर मूल्यमा पनि उच्च गिरावट भयो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर मूल्य ८.९१ प्रतिशतले घटेको हो । यो कम्पनीको सेयर मूल्य १४७ रुपैयाँले घटेर १ हजार ५०३ रुपैयाँ पुगेको छ । त्यस्तै आज विन्दाबासिनी हइड्रोको सेयर मूल्य ५.७७ प्रतिशत अर्थात् ३९ रुपैयाँ २० पैसाले घटेर ६४० रुपैयाँ पुगेको छ ।

बिहबार एनआरएन इन्फास्टक्चरको सेयर मूल्य पनि ५.०३ प्रतिशत अर्थात् ४९ रुपैयाँले घटेर ९२६ रुपैयाँ पुगेको छ । आज न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि १८ रुपैयाँले घटेर ३५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.८९ प्रतिशतले कम हो । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य पनि आज ४.८२ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर ७९० रुपैयाँ पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal