Skip to content
Prabhu

सम्पत्ति शुद्धीकरण विभागद्वारा २६ करोड कमाउने ज्ञानेन्द्रलाल परिवारमाथि मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरणे अनुसन्धान विभागले हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि भित्री कारोबार गरेको आरोपमा अनुसन्धान पूरा गरेको छ। प्रधानले आर्जन गरेको अवैध सम्पत्तिका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको छ । प्रधानले नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा अवैध रुपमा सेयर बिक्री गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै अनुसन्धान भएको हो ।

उक्त विभागले अनुसन्धान सकेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै सिफारिसहित सरकारी वकिलको कार्यालयमा राय पठाएको छ । अहिले विभागले पठाएको रायमाथि सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको जनाएको छ ।

उनले कानुनविपरीत २६ करोड ३३ लाख ५६ हजार ५५७ रुपैयाँको सेयर बिक्री गरेका छन् । अहिले विभागले अनुसन्धान गरेर प्रधान र उनको परिवारलाई ५२ करोड ६७ लाख १३ हजार ११४ रुपैयाँ जरिवानासहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गर्न कार्यालयलाई सिफारिस गरेको छ ।

प्रधान अध्यक्ष भएको समयमा श्रीमती विमला श्रेष्ठ प्रधानको नाममा कम्पनीको २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र अध्यक्षबाट राजीनामा दिएपछि २०७८ कात्तिक २९ गते १ लाख ५० हजार कित्ता, २०७८ पुस ५ गते ९७ हजार २५० कित्ता र २०७८ माघ २० गते १ लाख कित्ता गरी कुल ३ लाख ७७ हजार ७५० सेयर घरायसी नामसारी गरेर उक्त सेयर धितोपत्रको दोस्रो बजारमार्फत बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, उनले कम्पनीको अध्यक्ष हुँदा नै छोरा चेतन प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता, अध्यक्षबाट हटेपछि २०७८ असोज ५ मा ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता सेयर घरायसी नामसारी गरेको प्रतिवेदनमा उल्लेख छ । प्रधानले अध्यक्ष भएको समयमा अविवाहित छोरी निभिता प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र २०७८ असोज ५ गते ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता नामसारी गरेको पाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal