Skip to content
Prabhu

साउनमा जीवन बीमा कम्पनीले आर्जन गरे १८ अर्बमाथिको बीमा शुल्क, कसको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामा १८ अर्बभन्दा बढीको बीमा व्यवसाय गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीले चालु आवको साउन महिनामा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा जीनव बीमा कम्पनीहरुले ३ लाख २२ हजार ७८६ बीमालेख जारी गर्दै सो १८ अर्ब बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै व्यवसाय गर्ने जीवन बीमा कम्पनी नेपाल लाइफ अग्र स्थानमा रहेको छ । यो कम्पनीले साउन महिनामा ५ अर्ब ७१ करोड रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले साउन महिनामा ५१ हजार ९८४ वटा बीमालेख जारी गरेको छ ।

त्यस्तै साउन महिनामा धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा नेसनल लाइफ रहेको छ । यो कम्पनीले २ अर्ब २६ करोड रुपैयाँ बराबरको ४५ हजार ४० वटा बीमा लेख जारी गरेको छ । त्यस्तै, तेस्रो नम्बरमा एलआईसी नेपाल लाइफ छ। यो कम्पनीले ४ हजार ७२३ वटा बीमालेख मार्फत २ अर्ब ७ करोड बराबरको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै साउन महनिामा हिमालय लाइफले ५ हजार १०७ वटा बीमालेखमार्फत १ अर्ब ९३ करोडको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले साउन महिनामा ३३ हजार २११ वटा बीमालेख मार्फत १ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै एशियन लाइफले २४ हजार ९८ बीमालेख मार्फत ९२ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५९३ वटा बीमालेख मार्फत ४६ करोड, मेट लाइफले ३९ हजार २१६ बीमालेख मार्फत ५० करोड रुपैयाँ र आईएमीई लाइफले ४ हजार ७४१ बीमालेख बिक्री गरेर ५४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

साउन महिनामा सन नेपाल लाइफले २९ हजार ६४६ बीमालेखमार्फत ४८ करोड, रिलायबल नेपाल लाइफले १६ हजार ४७ बीमाखेल मार्फत ४९ करोड रुपैयाँ, सिटिजन लाइफले ५३ हजार ४७९ बीमालेख मार्फत ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै साउन महिनामा सानीमा रिलाइन्स लाइफल इन्स्योरेन्सले १२ हजार १९० वटा बीमालेख जारी गरेर ६७ करोड बढीको व्यवसाय गरेको छ । त्यस्तै प्रभु महालक्ष्मी लाइफले साउन महिनामा ५ हजार १०७ वटा बीमालेख मार्फत ५८ करोड बढीको बीमा शुल्क संकलन गरेका छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal