काठमाडौं । भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड boAt ले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ साथै अहिले नेपाली बजारमा boAt को व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको देखिन्छ र आय दोब्बर भएको छ । नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेड सँग सहकार्य गर्दै आएको boAt ले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रिय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको हो ।
नेपालमा सार्वजनिक भएसँगै boAt अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो साथै पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ । नेपालको प्रमुख DARAZ मा सार्वजनिक हुँदा पनि boAt ले किर्तीमानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको छ ।
boAt ले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ (TWS) मोडेलहरू, Nirvana ION, Airdope Supreme र Airdope 91 का साथ वेभ कल २ (Wave call 2) स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ ।
boAt का उत्पादनहरू अब नेपालभरि १,००० भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापना देखि नै दराजमा एक प्रमुख बिक्री कर्ताको रूपमा प्रस्तुत भइरहेको छ । दराजमा उपलब्ध boAt का ८० प्रतिशत भन्दा बढी SKUहरूले ४ स्टार भन्दा माथिको रेटिङ प्राप्त गरेका छन्, जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँदछ ।
boAt ले नेपालभरि १० भन्दा बढी टचप्वाइन्टहरुबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । यसै कारणले boAt नेपाली बजार तथा ग्राहक सेवामा समर्पित रहेको प्रमाण पनि गर्दछ र boAt लाई अन्य ब्राण्डहरू भन्दा भिन्न दर्शाउँछ । नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवद्र्धन गर्न, boAt ले यही भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा “boAtheadDAYS” नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ । यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७० प्रतिशत सम्मको छुटका साथै boAt का प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् ।
‘नेपालमा हाम्रो यात्रा उल्लेखनीय वृद्धि र सफलताका साथ उपभोक्ताहरुबाट प्राप्त अभूतपूर्व सकारात्मक प्रतिक्रियाले प्रेरित छन् । गुणात्मक बृद्धिसँगै, हामी नेपाली बजारमा नवीन र उच्च–गुणस्तरीय उत्पादनहरू प्रदान गर्न अझै प्रतिबद्ध छौं । टेलिटकसँगको हाम्रो साझेदारीले हामीलाई अझ बढी उपभोक्तासम्म पुग्न सक्षम बनाउने छ र यस क्षेत्रमा निरन्तर वृद्धिको आशा राखेको boAt (इमेजिन मार्केटिङ लिमिटेड) का प्रवक्ताले बताए ।
boAtका TWS स्मार्टवाच, र पावर बैंकहरुका बारेमा थप जानकारीको लागि https://s.daraz.com.np/s.b9Mt मा जानुहोस् ।
इमेजिन मार्केटिङ लिमिटेड को बारेमाः
सन् २०१३ मा अमन गुप्ता र समीर मेहताले स्थापना गरेको इमेजिन मार्केटिङ लिमिटेडले अडियो गियर, स्मार्ट वेयरेवल्स, लाइफस्टाइल उपकरण, मोबाइल एक्सेसरीजहरू, र अन्य धेरै उत्पादनहरूको बजारीकरण गर्दै आइरहेका छ् । इमेजिन अन्तर्गत, boAt ले अडियो उद्योगलाई फरक धारमा प्रस्तुत गर्दै देशको नम्बर १ अडियो ब्राण्ड बन्न सफल भएको छ । boAtको पोर्टफोलियोले राम्ररी डिजाइन गरिएका, नवीन, र उत्कृष्ट फेसन–उन्मुख जीवनशैली उत्पादनहरू जुन आकर्षक मूल्यहरुमा उपलब्ध छन् ।
कोभिड पछिका परिवर्तनसँगै, इमेजिन मार्केटिङ लिमिटेड लाइफस्टाइल उपकरणहरूमा प्रवेश गर्यो र MISFIT ब्राण्ड बजारमा प्रस्तुत ग¥यो, ‘Never Fit In’ नारा सहितको यो ब्राण्डले दृष्टिकोण र साहसी कुराकानीहरू मार्फत लैङ्गिक भेदभाव सम्बोधन गर्न लक्षित गरिएको छ । २०२० मा, इमेजिन मार्केटिङले रेडगेयर (redgear), गेमिङ एक्सेसरी ब्राण्डलाई पनि अधिग्रहण गर्यो, जसले गेमिङ किबोर्ड, माउस, गेमप्याड, र हेडफोनहरूमा काम गर्दछ । रेडगेयर (redgear) ले गेमिङलाई सबैसम्म पुर्याउने र जो आफ्नो रूचिलाई व्यवसाय बनाउन चाहन्छन् तिनीहरूलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । इमेजिन मार्केटिङले आफ्नो उत्पादनहरूलाई नवीन बनाउन Qualcomm र Dolby जस्ता विश्वव्यापी कम्पनीहरुसँग सहकार्य गर्दै आएकोे छ र यसलाई Warburg Pincus, एक विश्वव्यापी निजी इक्विटी फन्डले लगानी गरेको छ । कम्पनीको हाल दिल्ली, मुम्बई, र बेंगलुरुमा कार्यालयहरू छन् ।
प्रतिक्रिया दिनुहोस्