Skip to content

५ किलोमा पहिरो जाँदा गोरखा–आँबुखैरनी सडक अवरुद्ध

nabil bank
klx/fn] uf]/vf–cfFa'v}/]gL ;8sv08 ca?4 uf]/vf, @* c;f/ . klx/fn] ca?4 ag]sf] k[YJfL/fhdfu{ cGt{ut kg]{ uf]/vf–cfFj'v}/]gL ;8sv08 . uf]/vf gu/kflnsf j8f gDa/ !@ cGt{Uft kg]{ gf} lsnf]b]lv % lsnf];Dd tLg 7fpFdf klx/f] v;]kl5 uP/ftL # ah]b]lv ;8s ca?4 ePsf] xf] . tl:j/ M bLks >]i7÷/f;;

गोरखा। अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्बी राजमार्गअन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो ।

आँबुखैरेनी ५ किलोमा शुक्रबार बिहान ५ बजे पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। दुई दिनदेखि निरन्तर रुपमा परेको अविरल वर्षाले गोरखा नगरपालिका –१३ स्थित ५ किलोमा बिहान ५ बजे पहिरो गएको छ ।

गोरखाबाट काठमाडौं, चितवन, पोखरालगायत ठाउँमा पुग्नु पर्ने सवारी साधनहरु बीचबाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लेदोसहित ठूलो पहिरो गएकाले पहिरो पन्छाउन नेपाल प्रहरी, गोरखा सडक योजना कार्यालय र गोरखा नगरपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी पहिरो पन्छाउन सुरु भएको प्रहरीको भनाइ छ ।

अबको केही घण्टामा सडक सुचारु हुने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । झण्डै ५ घण्टादेखि यात्रुवाहक सवारी साधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोका कारण आँबुखैरनी सडक बन्द भएको छ । निरन्तर रुपमा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेकाले छिट्टै नै एकतर्फी रुपमा भए पनि सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime