Skip to content
Prabhu

रुपर्ट मर्डोकको उत्तराधिकारी को ? गोप्य मुद्दा सार्वजनिक गर्न अन्तर्राष्ट्रिय मिडिया संस्थाले हाले मुद्दा

एजेन्सी । रुपर्ट मर्डोकको मिडिया साम्राज्यको भविष्यलाई लिएर चलिरहेको कानूनी लडाइ सार्वजनिक गर्नका लागि अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूले नेभाडाको अदालतमा उजुरी गर्दा गरेका छन् । सीएनएन, द न्यूयोर्क टाइम्स, एपी, एनपीआर, द वासिङटन पोस्ट र रोयटर्सलगायतका संस्थाले यो मुद्दालाई पूर्णरुपमा गोप्य राखिएकामा असन्तुष्टि जनाउँदै बुधबार एक निवेदन पेश गरेका हुन् ।

यो विवादको बारेमा पहिलोपटक द न्यूयोर्क टाइम्सले गत जुलाईमा समाचार लेखेको थियो । उक्त समाचारअनुसार मर्डोकले आफ्नो चारजना सन्तानलाई समान मताधिकार दिने ट्रस्टलाई संशोधन गरी आफ्नो जेठो छोरा लचलनलाई पूर्ण नियन्त्रण दिने योजना बनाएका थिए । मर्डोकले लचलनलाई आफ्नो मिडिया व्यवसायको उत्तराधिकारी बनाउँदा त्यसको आफ्नो नीतिअनुरुप सम्पादकीय नीति कायम रहने विश्वास गरेका छन् ।

लचलन, जो उनका बुवाको राजनीतिक विचारधारासँग मिल्दोजुल्दो छन् । हाल उनी फक्स कर्पोरेसन, न्यूज कर्पोरेसनका अध्यक्ष पनि हुन् । परिवारको ट्रस्टले सबै उत्तराधिकारीहरूको हितलाई ध्यानमा राख्नुपर्ने व्यवस्था भए पनि मर्डोकको यो निर्णयले उक्त सर्तको उल्लंघन गरेको भन्दै विवाद भएको छ।

यो मुद्दा नेभाडाको अदालतमा यति गोप्य रूपमा चलाइएको छ कि यसको अस्तित्व पनि सार्वजनिक अभिलेखमा छैन । मिडिया संस्थाहरूले भने जनतालाई यस्तो महत्त्वपूर्ण कानूनी मुद्दाको जानकारी पाउने हक हुनुपर्ने बताउँदै यो मुद्दा सार्वजनिक गर्न माग गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal