Skip to content
Prabhu

इच्छाकामनाको घोप्टेभिरमा लेदोसहितको पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ७ः२५ बजेको समयमा लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम सुरु भइसकेको छ । चितवनमा गएरातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा पहिरोको जोखिम बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal