Skip to content
Prabhu

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १३ सय बढ्दा कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्ला चार दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal