Skip to content
Prabhu

साउन महिनामा ५ प्रतिशतले घट्यो जीवन बीमा कम्पनीको व्यवसाय, सिटिजन्सको ३२ प्रतिशतले बढ्दा राष्ट्रिय जीवन बीमाको ८६ प्रतिशतले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय साउन महिनामा ५ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४५ प्रतिशतले व्यवसाय घटेको हो ।

१४ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो महिना साउनमा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँको व्यवसाय गरेका छन् । यो गत आवको सोही अवधिकोभन्दा ५.४५ प्रतिशतले कम हो । १४ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनामा १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका थिए । चालु आर्थिक वर्षको साउन महिनामा जीनव बीमा कम्पनीहरुले ३ लाख २२ हजार ७८६ बीमालेख जारी गरेका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन महिनामा गत वर्षको सोही अवधिको तुलनामा दुईवटा कम्पनीको व्यवसायमा गिरावट आएको छ भने १२ वटा कम्पनीको बीमा शुल्क संकलन वृद्धि भएको छ । चालु आर्थिक वर्षमो गत वर्षको तुलनामा हिमालयन लाइफ इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय ८५.९८ प्रतिशतले घटेको छ भने हिमालय लाइफको ०.२० प्रतिशतले घटेको छ ।गत आवको साउन महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आवको साउन महिनामा भने यो कम्पनीले जम्मा ४६ करोड ८८ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

हिमालयन लाइफको व्यवसाय चालु आवको साउन महिनामा १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो ।

गत आवको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा प्रतिशतका आधारमा सबैभन्दा धेरै व्यवसाय वृद्धि गर्न सफल कम्पनी सिटिजन्स लाइफ इन्स्योरेन्स हो । यो कम्पनीले गत आवको पहिलो महिनाको तुलनामा ३१.८८ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउन महिनामा सबै भन्दा धेरै बीमा शुल्क आर्जन गरेको नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय ९.३२ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले चालु आवको साउन महिनामा ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै, गत आवको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा स नेसनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क संकल २५.३८ प्रतिशतले बढेको छ । गत आवमा यो कम्पनीले १ अर्ब ८० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आवको साउन महिनामा भने यो कम्पनीले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै चालु आवको साउन महिनामा एलआईसी नेपाल लाइफको व्यापार ७.९२ प्रतिशतले बढेको छ । गत आवको साउन महिनामा १ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको साउन महिनामा २ अर्ब ७ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ ।

गत आवको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा सूर्यज्योति लाइफको बीमा शुल्क आर्जन १२.४२ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको साउन महिनामा १ अर्ब ४५ लाख रुपैयाँको व्यवसाय गरेको थियो । चालु आवको साउन महिनामा यो कम्पनीले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै एसियन लाइफको व्यवसाय १३.१० प्रतिशतले बढेको छ । यो कम्पनीले गत आवको साउन महिनामा ८१ करोड ९९ लाख रुपैयाँको व्यवसाय गरेको थियो भने चालु आवको साउन महिनामा ९२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

चालु आवको साउनम महिनामा सिटिजन लाइफको व्यवसा यगत आवको सोही महिनाको तुलनामा ३१.८८ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो महिनामा ५७ करोड ९४ लाख रुपैयाँको व्यवसाय गरेको कम्पनीले चालु आवको पहिलो महिनामा ७६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

चालु आवको साउन महिनामा सानीमा रिलाइन्स लाइफले गत आवको सोही महिनाको तुलनामा १.१८ प्रतिशतले आफ्नो व्यवसाय वृद्धि गरेको छ । यो कम्पनीले गत आवको पहिलो महिनामा ६६ करोड ८१ लाख रुपैयाँको व्यवसाय गरेको थियो भने चालु आवको पहिलो महिनामा ६७ करोड ५९ लाख रुपैयाँको बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

त्यस्तै चालु आवको साउन महिनामा प्रभु महालक्ष्मी लाइफको व्यवसाय ८.५७ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको पहिलो महिनामा ५४ करोड ११ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो भने चालु आवको पहिलो महिनामा ५८ करोड ७४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

चालु आवको पहिलो महिनामा आईएमई लाइफको व्यवसाय पनि ३.२० प्रतिशतले बढेको छ । यो कम्पनीले गत आवको पहिलो महिनामा ५२ करोड ५९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो भने चालु आवको साउन महिनामा ५४ करोड २७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

गत आवको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मेट लाइफको व्यवसाय पनि २.६८ प्रतिशतले बढेको छ । यो कम्पनीले गत आवको साउन महिनामा ४९ करोड २३ लाख रुपैयाँको व्यवसाग गरेको थियो भने चालु आवको साउन महिनामा ५० करोड ५५ लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ ।

चालु आवको साउन महिना गत आवको सोही अवधिको भन्दा रिलायबल नेपाल लाइफको व्यवसाय ३१.११ प्रतिशतले बढेको छ । यो कम्पनीले गत आवको साउन महिनामा ३८ करोड ११ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो भने चालु आवको साउन महिनामा ४९ करोड ९७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । चालु आवको पहिलो महिना साउनमा सन नेपाल लाइफले गत आवको सोही महिनाको तुलनामा २५.९५ प्रतिशतले व्यवसाय बढाएको छ ।

यो कम्पनीले गत आवमा ३५ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो भने चालु आवको पहिलो महिनामा यो कम्पनीले ४४ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal