Skip to content
Prabhu

बरुण हाइड्रोपावरको साधारणसभा असोज १३ गते असोज

काठमाडौं । अरुण हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा असोज १३ गते हुने भएको छ । कम्पनीको भदौ १९ गते बसेको बैठकले असोज १३ गतेका लागि साधारणसभाको मिति तोकेको हो ।

सभामा सञ्चलक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाव र सोही आवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरेर पारित गर्ने एजेण्डाहरु छन् ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोलज गर्ने भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal