Skip to content
Prabhu

ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई ऊर्जामन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले दुई ठूला राजनीतिक दलहरूको सरकार रहेको भन्दै नागरिकहरूले पनि विश्वासका साथ लिइरहेको उल्लेख गरे । अहिलेको सकरकारलाई आर्थिक हिसाबले देशलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो । वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।

धेरै कम्पनीलाई एकै ठाउँ राखेर देशको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे । देशको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताए । सरकारको सोही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने उल्लेख गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal