Skip to content
Prabhu

एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक

काठमाडौं । एभरेष्ट बैंक गत आर्थिक वर्ष मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । सञ्चालनमा रहेका २० वटा बैंकमध्ये गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्ने एभरेष्ट पहिलो बनेको हो ।

बैंकको भदौ २१ गते (आज) बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले घोषणा गरेको बोनसमा १० प्रतिशत सेयर र कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal