Skip to content
Prabhu

साउन महिनामा लघुजीवन बीमाको व्यवसाय ३ करोड बढी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लघुजीवन बीमा कम्पनीहरुले ३ करोडभन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा तीन लघुजीवन बीमा कम्पनीले ३ करोड ७० लाख बढीको व्यवसाय गरेका हुन् ।

तीन वटा लघु जीवन बीमा कम्पनीले चालु आवको साउन महिनामा २ लाख ४१ हजार ९९७ वटा बीमालेखमार्फत उक्त व्यवसाय गर्न सफल भएका छन् । तीनवटा लघुजीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै व्यवसाय गार्डियन माइक्रो लाइफले गरेको छ । यो कम्पनीले साउन महिनामा २ लाख २७ हजार ४६१ वटा बीमालेख जारी गरेर १ करोड ८८ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ करोड २९ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले साउन महिनामा ६ हजार ८९३ वटा बीमा पोलिसी जारी गर्न सफल भएको छ ।

तीनवटा लघुजीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम व्यवसाय लिवर्टी माइक्रो लाइफले गरेको छ । यो कम्पनीले साउन महिनामा जम्मा ५१ लाख रुपैयाँ बराबरको व्यवयसा गरेको छ । यो कम्पनीले साउन महिनामा ७ हजार ६४३ वटा बीमा पोलिसी जारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal