Skip to content
Prabhu

उद्योग वाणिज्य महासंघद्वारा प्यारालम्पिकमा पदक विजेता पलेशालाई ३ लाख सशित सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक विजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोबर्द्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

गोबर्द्धनलाई प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोबर्द्धनलाई,  प्रशिक्षक र म्यानेजरलाई वधाइ ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोबर्द्धनलाई लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउनुपर्छ ।’

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुुरुवात गरेकी छिन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हो । गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ केजी के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैर नाफामूलक संस्था हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal