Skip to content
Prabhu

गोकर्णमणि दुवाडीलाई गृह सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव थिए । यसअघिका गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त भएपछि गृहसचिव रिक्त रहेको थियो । सरकारले गत १३ साउनमा दुवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको थियो ।

गृहसचिव बन्न प्रशासनका धेरै सचिवहरु दौडधुपमा थिए । बिहीबारको मन्त्रिपरिषद बैठकमा पनि गृह सचिव नियुक्तिबारे छलफल भएको थियो । तर, टुंगो लागेको थिएन । प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेर टुंग्याउने बताएका थिए ।

शुक्रबार मन्त्रिपरिषदको सार्वजनिक भएको २४ वटा निर्णमा गृह सचिव सरुवाको विषय उल्लेख थिएन । तर, शुक्रबार दिउँसो निर्णयमा दुवाडीको नाम लेखेर प्रमाणीकरण गरेर सरुवाको पत्र तयार गरिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal