Skip to content
Prabhu

पाँच खर्ब रुपैयाँको अफर मानेन सेभेन इलेभनले 

एजेन्सी । जापानी कम्पनी सेभेन एन्ड आइ होल्डिङ्सले क्यानाडेली प्रतिद्वन्द्वी अलाइमेन्टेसन कूश–टार्डबाट आएको ५ खर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको अधिग्रहण प्रस्ताव अस्वीकार गरेको छ ।
सेभेन एन्ड आइ होल्डिङ्सले सर्कल केको मालिक अलाइमेन्टेसनको प्रस्तावले कम्पनीको वास्तविक मूल्यलाई गम्भीर रूपमा कम मूल्या)कन गरेको र यो प्रस्तावमा नियामक जोखिमहरू रहेका कारण अस्वीकार गरेको जनाएको छ । यद्यपि कम्पनीले भने आफूहरु अझै वार्ताका लागि खुला र राम्रो प्रस्तावका लागि तयार भएको जनाएका छन् ।
यदि यो अधिग्रहण सफल भएमा एक लाखभन्दा बढी पसलहरू भएको एक विशाल विश्वव्यापी कनभिनियन्स स्टोर कम्पनीको निर्माण हुनेछ । सेभेन एन्ड आइ होल्डिङ्सको बोर्डका अध्यक्ष स्टेफन डाकसले भने, “यो प्रस्ताव रणनीतिक रूपमा सही समयमा ल्याइएको हो, तर यसले जापानी खुद्रा व्यवसायको मूल्यलाई गम्भीर रूपमा कम आँकलन गरेको छ ।”
सर्कल के र कूश–टार्ड ब्रान्डअन्तर्गत उत्तर अमेरिका, युरोप र एसियामा १७ हजारभन्दा बढी पसलहरू सञ्चालन छन् । प्रस्तावमा सेभेन एन्ड आइको प्रतिशेयर मूल्य करिब दुई हजार रुपैयाँ तोकिएको थियो, जुन प्रस्तावको घोषणा हुनु अघि शेयर मूल्यभन्दा २० प्रतिशतभन्दा बढी हो ।
सेभेन इलेभेन विश्वकै सबैभन्दा ठूलो कनभिनियन्स स्टोर चेन हो । जसका २० देश र क्षेत्रमा ८५ हजार आउटलेट छन् । यदि सम्झौता अघि बढ्यो भने, अमेरिकामा कूश–टार्डको उपस्थिति झण्डै २० हजार  साइटमा दोब्बर हुनेछ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal