Skip to content
Prabhu

एभरेष्ट जोडो क्लबद्धारा घाइते खेलाडीको उद्धार

काठमाडौं । एभरेष्ट जुडो क्लबले घाइते भएकी सोलुखुम्बुकी जुडो खेलाडी टुलाधनी नाछिरिङको उद्धार गरेको छ । अभ्यासका क्रममा लडेर घाइते भएकी १४ वर्षिया नाछिरिङलाई सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

कक्षा ७ मा अध्ययनरत नाछिरिङ अभ्यासका क्रममा लडेर घाइते भएकी थिइन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ कि नाछिरिङ परिवार सहति खुम्बु बस्दै आएकी छिन् । उनको काठमाडौंको जोरपार्टीमा रहेको अर्थोपेटिडक अस्पतालमा उपाचार गरिएको जिल्ला जुडोसंघ सोलुखुम्बुका अध्यक्ष पासाङतेम्बा शेर्पाले जानकारी दिए ।

खेलाडीको लागि इन्जुरी निकै दुःखत हुने भएकाले घाइते खेलाडीको तत्काल उद्धार गरेर काठमाडौंमा ल्याएर उपचार गराइएको एभरेष्ट क्लबका प्रशिक्ष काजी शेर्पाले जानकारी दिए । डाक्टरले खेलाडीको अवस्था सामान्य रहेको र ३ महिनासम्म आराम गर्नु पर्ने बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal