Skip to content
Prabhu

सुनको मूल्य तोलामा १२ सयले घट्यो, कतिमा हुँदै छ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १ हजार २०० सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal