Skip to content
Prabhu

भगवती हाइड्रोपावरको लाभांश घोषणा, असोज २ गते बुक क्लोज

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको भदौ २२ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र चुक्तापुँजीको ४ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश तथा बोनस सेयर विद्युत् नियमन आयोग तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले वितरण गरिनेछ ।

साथै कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बुधबार बिहान ११ बजे बोलाएको छ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal