Skip to content
Prabhu

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो ।

काठमाडौंको थापागाँउमा केन्द्रीय कार्यालय रहेको कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड एडमीन म्यानेजर र कमुनीकेशन एण्ड कस्टोमर सर्भिस अफिसर पदमा एक–एक जनाका दरले कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कम्पनीको आधिकारीक इमेलमार्फत आवश्यक कागजात समावेश गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal