Skip to content
Prabhu

साउन महिनामा निर्जीवन बीमाको व्यवसाय सम्पत्तिमा केन्द्रित, कृषि बीमाको हिस्सा ४ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बभन्दा माथिको कारोबार गरे । साउन महिनामा १४ निर्जीव बीमा कम्पनी र ४ लघु बीमा कम्पनीले ४ अर्ब ३१ करोड १६ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा गरेको व्यवसायमा सबैभन्दा धेरै हिस्सा सम्पत्ति बीमाको रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा सम्पत्ति बीमाबाट बीमा कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो जम्मा निर्जीवन बीमा व्यवसायको ३३.११ प्रतिशत हो । कम्पनीहरुले सम्पत्ति बीमाका लागि ४२ हजार ७३८ वटा बीमालेख बिक्री गरेका छन् ।

बिमितहरुले सम्पत्ति र मोटर बीमा धेरै गराउँदा राज्यले प्रमुख सूचकमा रुपमा हेरेको कृषि तथा बाली बीमाको हिस्सा भने ४.६६ प्रतिशत मात्रै रहेको छ । साउन महिनामा कृषि तथा बाली बीमाबापत बीमा कम्पनीहरुले २० करोड ११ लाख रुपैयाँ संकलन गरेका छन् । साउन महिनामा कृषि तथा बाली बीमाका लागि १८ हजार ४८९ वटा बीमालेख जारी गरेका छन् ।

सम्पत्ति बीमा पछि सबैभन्दा धेरै हिस्सा ओगटेको क्षेत्र हो मोटर बीमा । मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन जम्मा बीमा व्यवसायको २८.३८ प्रतिशत हुन आउँछ । कम्पनीहरुले साउन महिनामा मोटर बीमाका लागि १ लाख १२ हजार ८६५ वटा बीमा लेख जारी गरेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २९ हजार ६०३ वटा बीमालेख मार्फत २९ करोड ४४ लाख रुपैयाँ बढीको सामून्द्रिक बीमा गराएका छन् । यो जम्मा निर्जीवन बीमाको ६.८२ प्रतिशत हो ।

साउन महिनामा जीवन बीमा कम्पनीहरुले हवाइ बीमा मार्फत ५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । साउन महिनामा जम्मा ६ वटा हवाई बीमालेखज जारी भएका छन् । यो जम्मा निर्जीवन बीमाको १.२० प्रतिशत हो ।

साउन महिनामा बीमा कम्पनीले इन्जि. तथा ठे.जो बीमा बापत ५० करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । साउन महिनामा यस्तो क्षेत्रमा कम्पनीलेहरुले १ हजार २७५ वटा बीमालेख जारी गरेका छन् । साउन महिनामा यो क्षेत्रले जम्मा बीमाको ११.६६ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै साउन महिनामा विविध क्षेत्रको हिस्सा १२.९० प्रतिशत रहेको छ । कम्पनीहरुले साउन महिनामा विविध शीर्षकमा ५५ करोड ६४ लाख रुपैयाँ बराबरको १४ हजार ६४८ बीमालेख जारी गरेका छन् ।

त्यस्तै साउन महिनामा लघु बीमाको हिस्सा १.२३ प्रतिशत रहेको छ । साउन महिनामा ५ करोड ३१ लाख रुपैयाँ बराबरको लघु बीमा व्यवसाय भएको छ । यो अवधिमा लघु बीमालेख २१ हजार ६०८ वटा जारी भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal