Skip to content
Prabhu

थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्रमा सेयर बजार बढे पनि यो कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।

दिउँसो १ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य ११२ रुपैयाँ ५० पैसाले घटेर १ हजार १२ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले कम हो ।

दिउँसो १ बजेसम्मको अवधिमा सेयर बजार परिसूचक २२ दशमलव ४९ अंकले बढेर २७४९ दशमलव ८५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब ६३ करोड ३३ लाख ६९ हजार बढीको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा ९४ करोड ६५ लाख १९२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal