Skip to content
Prabhu

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बढी पैसा भएपछि नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि बैंकिङ प्रणालीबाट १ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

यसको बालकबोल आज ३ बजेसम्म हुने छ । यसको साँवा ब्याज भुक्तानी असोज १३ गते हुने छ । बोलकबोल घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम रहेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal