Skip to content
Prabhu

आइतबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा ८५ कम्पनीको सेयर मूल्य बढेमो चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा महुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर र मनकामना इन्जिनेरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा महुली लघुवित्तको सेयर मूल्य १४९ रुपैयाँले बढेर १ हजार ६३९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढी हो ।

त्यस्तै आज सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । आजको कारोबार बन्द हुँदा सिर्जनशील लघुवित्तको सेयर मूल्य १९८ रुपैयाँले बढेर २ हजार २७८ रुपैयाँ पुगेको छ । त्यस्तै मिड सोलुको सेयर मूल्य ९१ रुपैयाँ ४० पैसाले बढेर १ हजार ५ रुपैयाँ ४० पैसा पुगेको छ ।

आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ३७ रुपैयाँले बढेर ४०९ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबारभन्दा ९.९५ प्रतिशतले धेरै हो । आज धेरै बढ्ने कम्पनीको शीर्ष पाँचभित्र परेको अर्को कम्पनी हो सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था । यो स्टकको सेयर मूल्यमा १५३ रुपैयाँले वृद्धि भएर २ हजार ६६ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ८ प्रतिशतले धेरै हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal