Skip to content
Prabhu

आइतबार सेयर बजारमा धेरै मूल्य घट्ने पाँच कम्पनी, थ्रीस्टार हाइड्रोमा नकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजारमा २५ अंकको गिरावट हुँदा १५६  कम्पनीको सेयर मूल्य घटेको छ । यो दिन एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको सेयर कारोबार बन्द हुँदा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य ११२ रुपैयाँ ५० पैसाले घटेर १ हजार १२ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतको गिरावट हो ।

आज कुमारी इक्वीटी फण्ड, गुडविल फाइनान्स, दोल्ती पावर कम्पनी र मातृभूमि लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै गुमाए । आजको कारोबार बन्द हुँदा कुमारी इक्वीटीको सेयर मूल्य ०.७९ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ८.०७ प्रतिशतले कम हो । आइतबारको कारोबार बन्द हूँदा गुडविल फाइनान्सको सेयर मूल्य पनि ६.०५ प्रतिशत अर्थात् ७५ रुपैयाँले घटेर १ हजार १६५ रुपैयाँ पुगेको छ ।

आइतबार दोल्ती पावरको सेयर मूल्य पनि २८ रुपैयाँ ८० पैसाले घटेर ६०६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.५४ प्रतिशतले कम हो । त्यस्तै मातृभूमि लघुवित्तको सेयर मूल्य पनि ४.४५ प्रतिशत अर्थात् ६९ रुपैयाँ ८० पैसाले घटेर १ हजार ५०० रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal