Skip to content

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

nabil bank

काठमाडौं । नेपाल एसबिआई बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ बैंक रोड भैरहवामा रहेको शाखा कार्यालय सोही नगरपालिका–८ स्थित नारायणपथमा स्थानान्तरण गरी कारोबार सुरु गरेको छ।

सो शाखाको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपक कुमार देले गरेका थिए । यसबाट ग्राहकलाई थप सुबिधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

हाल यस बैंकले १ सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १ सय २१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime