Skip to content

४ लाख ५० हजार घुस लिने वडाध्यक्ष उपेन्द्र सहनीसहित ३ जना पक्राउ

nabil bank

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–२४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित ३ जना घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साहसमेतले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा वडाध्यक्षको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ ।

उनीहरुसहित अर्का व्यक्ति विजय मण्डल पनि पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime