Skip to content
Prabhu

बोइङका ३० हजारभन्दा कर्मचारीलाई खुसीको खबर, २५ प्रतिशतले तलब बढ्ने

एजेन्सी । विमान निर्माता कम्पनी बोइङले कर्मचारीहरुको आन्दोलन टार्नका लागि चार वर्षमा २५ प्रतिशतले तलब बढाउने प्रस्ताव गर्ने भएको छ । यस निर्णयबाट शुक्रबारदेखि नै एसेम्बली लाइनहरू बन्द हुने गरी हुन लागेको आन्दोलन रोकिने भएको छ ।
कम्पनीममा कार्यरत ३० हजारभन्दा बढी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियन नेताहरूले यो प्रस्तावलाई समर्थन गर्न आग्रह गरेका छन् । यसलाई उनीहरूले अहिलेसम्म गरेको सबैभन्दा राम्रो सम्झौता भनेका छन् ।
उक्त सम्झौताले अनुमोदन पायो भने, यो बोइङका नयाँ कार्यकारी प्रमुख केली ओरटबर्गका लागि महत्त्वपूर्ण उपलब्धि हुनेछ । जसले कम्पनीको गुणस्तर र प्रतिष्ठाका मुद्दाहरू सुधार्न दबाबको सामना गरिरहेका छन् । सियाटल र पोर्टल्यान्ड क्षेत्रका बोइङ कर्मचारीहरूले बिहीबार यो सम्झौतामा मतदान गर्न लागेका छन् । तर, यदि सम्झौता अस्वीकृत भयो भने हड्ताल अघि बढाउनका लागि दुई तिहाई युनियन सदस्यहरूले अर्को मतको अनुमोदन गर्नुपर्नेछ ।
बोइङका प्रमुख अपरेटिङ अफिसर स्टेफनी पोपले बोइङका कर्मचारीहरूसँग भिडियो सन्देशमा यसलाई ऐतिहासिक प्रस्ताव भनेकी छन् । यो १६ वर्षपछि कम्पनी र युनियनबीच पहिलो पूर्ण श्रम सम्झौता हुनेछ।
हालको सम्झौता पहिलो पटक २००८ मा आठ साताको हड्तालपछि हासिल भएको थियो ।  दुवै पक्षले २०१४ मा यसलाई विस्तार गर्न सहमति जनाएका थिए र यो साता समाप्त हुँदैछ । प्रारम्भिक सम्झौताले युनियनको ४० प्रतिशत तलब वृद्धि गर्ने लक्ष्यलाई पूरा नगरे पनि, वार्ताकारहरूले यसलाई प्रशंसा गरेका थिए ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal