Skip to content
Prabhu

एआई विशेषतासहितको सस्तो आइफोन १६ सार्वजनिक

एजेन्सी । स्मार्टफोन निर्माण कम्पनी एप्पल आज सबैभन्दा ठूलो इभेन्ट ‘इट्स ग्लोटाइम’मा नयाँ आइफोन १६ सिरिज सार्वजनिक गरेको छ । जसको सुरुआती मूल्य ७९९ अमेरिकी डलर राखिएको छ ।

इभेन्टमा सबैभन्दा पहिलो एप्पल वाच सिरिज १० प्रस्तुत गरियो । जसको स्क्रिन ३० प्रतिशत ठूलो छ । यो एप्पलको अहिलेसम्मको सबैभन्दा पातलो (९.७ एमएम) वाच हो । यसको सुरुआती मूल्य ३९९ डलर राखिएको छ ।

त्यससँगै एप्पल वाच अल्ट्रा २ को पनि नयाँ रङ सार्वजनिक गरियो । जुन विशेष गरी एथलेटिक्सका लागि डिजाइन गरिएको हो । यो वाच लो पावर मोडमा ७२ घण्टासम्म चल्नेछ । यसमा अत्यधिक र सटिक जीपीएस सुविधा उपलब्ध हुनेछ ।

एप्पलले एयरपोड्स ४ र एयरपोड म्याक्स पनि सार्वजनिक गरेको छ । त्यसपछि कम्पनीले आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सको घोषणा गरेको छ ।

आइफोन १६ प्रो कालो, सेतो, नेचुरल र डेजर्ट टाइटेनियम रङमा उपलब्ध हुनेछ । आइफोन १६ प्रो म्याक्समा एप्पलले अहिलेसम्मकै ठूलो डिस्प्ले राखेको छ । अमेरिकामा आइफोन १६ को सुरुआती मूल्य ७९९ डलर र आइफोन १६ प्लसको सुरुआती मूल्य ८९९ डलर राखिएको छ ।

एआई फिचर भने आगामी महिनादेखि सीमित देशमा मात्रै उपलब्ध हुनेछ । एप्पल इन्टेलिजेन्सले हाल केही देशमा मात्रै आईएसओ १८ बेटा भर्सनमा समावेश गरेको छ ।

आइफोन १६ मा ४८ एपपी प्राइमरी क्यामरा सेन्सर, १२ एमपी टेलिफोटो सेन्सर र १२ एमपी अल्ट्रावाइड क्यामरा लेन्स हुनेछ । आइफोन १६ नयाँ सिरेमिक सिल्ड ग्लाससँग आउनेछ । जुन पछिल्लो जेनेरेसनको तुलनामा ५० प्रतिशत बढी बलियो र अन्य फोनको तुलनामा दुई गुणा बलियो छ ।

आइफोन १६ मोडल ६.१ इञ्चको डिस्प्लेमा उपलब्ध हुनेछ । जसमा २००० निट्स ब्राइटनेस हुनेछ । जबकी आइफोन १६ प्लस ६.७ इञ्चमा उपलब्ध हुनेछ । आइफोन १६ मा ए१८ चिप समावेश गरिएको छ । यो पाँच रङमा उपलब्ध हुनेछ । जसमा पिंक, अल्ट्रामरिन, ह्वाइट, ब्लयाक र टील छन् । एप्पलले नयाँ भर्टिकल क्यामरा अलाइनमेन्टको साथमा नयाँ बटनसहित आइफोन १६ सार्वजनिक गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal