Skip to content
Prabhu

सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मंगलबार, सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनार्थ सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डले भोलि अर्थात् भदौ २६ गते बुकक्लोज गर्ने भएको हो ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन् । सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षका लागि कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित यी फण्डहरुको कोष प्रबर्द्धक सानिमा बैंक लिमिटेड रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal