Skip to content
Prabhu

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा सेगवे नेपालमा ४० हजारसम्मको छुट

काठमाडौं । सेगवे नेपालका स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । कम्पनीका स्कुटर खरिद गर्ने चाहने ग्राहकहरुले एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ वा डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी छुट पाउन सक्नेछन्।

यो विशेष अफर ग्राहकहरूलाई ३० सेप्टेम्बर २०२४ सम्म मात्र मान्य हुनेछ । इएमआई र एक्सचेन्ज सुविधाहरू पनि उपलब्ध गराइएको छ, जसले ग्राहकहरूलाई थप सहज र आकर्षक खरिदको अवसर प्रदान गर्नेछ । यसपटक सेगवे नेपालको खरिदमा छुट प्राप्त गर्न ग्राहकहरूले एनआईसी एसिया बैंकको एप वा बैंकको डेबिट÷क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने छ ।

एपको प्रयोगले ग्राहकहरूले केवल छुट मात्र नभई इएमआई र एक्सचेन्ज सुविधाहरूको समेत फाइदा लिन सक्नेछन्, जसले गर्दा सजिलो किस्ता प्रणालीमार्फत सवारी साधन खरिद गर्न सहज हुनेछ । ४० हजार रुपैयाँसम्मको छुट र अतिरिक्त सुविधाहरूले यो अफरले नेपाली बजारमा उक्त स्कुटरमा ग्राहकहरुको आकर्षक थपिने विश्वास गरिएको छ । यो अफरले ग्राहकहरूलाई स्मार्ट मोबिलिटीमा निवेश गर्न थप आकर्षण प्रदान गर्नेछ र नेपाली बजारमा विद्युतीय सवारी साधनको लोकप्रियतालाई अझ बढावा दिनेछ ।

बैंकले आफ्नो ग्राहकहरूको आवश्यकता अनुसार विभिन्न बैंकिङ सुविधा र सेवाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले विशेष गरी डिजिटल बैंकिङका क्षेत्रहरूमा अग्रणी काम गर्दै आइरहेको हो । बैंकको मोबाइल एपले ग्राहकहरूलाई मोबाइलबाट नै सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्ने अवसर प्रदान गर्दछ। एपको प्रयोगले ग्राहकहरूले खाता ट्रान्सफर, बिल भुक्तानी, मोबाइल रिचार्ज, र अन्य धेरै बैंकिङ कार्यहरू सजिलै गर्न सक्छन् ।

सेगवे नेपाल एक प्रमुख स्मार्ट मोबिलिटी कम्पनी हो, जसले विद्युतीय स्कुटरहरू, बाइकहरू र अन्य विद्युतीय सवारी साधनहरूमा विशेषज्ञता प्रदान गर्दछ। यसको उत्पादनहरू टिकाउ, वातावरणमैत्री, र प्रविधि–अभिनव विशेषताहरूले सम्पन्न छन्, जसले दैनिक यात्रालाई सजिलो र सहज बनाउँछ ।

सेगवे नेपालको उत्पादनहरू विशेष गरी शहरी यात्राका लागि डिजाइन गरिएका छन्, जसमा छोटो दूरीको यात्रा, टूरिज्म, र व्यक्तिगत सवारीको लागि उपयुक्त सुविधाहरू रहेका छन् । कम्पनीले निरन्तर रूपमा नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रयास गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal