Skip to content
Prabhu

महालक्ष्मी विकास बैंक र रोटरीबीच शैक्षिक स्तरवृद्धि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता भएको छ । आइतबार विश्व साक्षरता दिवसको अवसर पारी कम्पनी र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौताअनुसार विभिन्न सार्वजानिकरसामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नति तथा शौचालयहरु निर्माण तथा सुधार गर्न कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ ।

यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफापानी र सरसफाइमा सबैको पहुँच’हासिल गर्न सहयोग पुग्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने नीतिअनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्नसमेत सहयोग पुग्ने कम्पनीले बताएको छ । कम्पनीका १ सय ३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal