Skip to content
Prabhu

रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलमा सहकारी पीडितको नाराबाजी

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थल बाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् । रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार पोखरा आएका छन् ।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् ।

सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पु¥याइएको छ । कार्यक्रमस्थलबाहिर सहकारी पीडितले कालो झण्डा देखाउँदै नारा लगाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal