Skip to content
Prabhu

सेयर बजार राताम्यहुँदा पनि मानुषी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा १३ अंकको गिरावट आयो । कारोबार रकममा पनि उच्च गिरावट आएको दिन ६७ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । बजार राताम्य हँुदा पनि आज एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आज मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३ रुपैयाँले बढेर १ हजार ९०३ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज थ्रीस्टार हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सानिमा लार्ज क्याप फण्डका सेयरधनीले धेरै कमाए ।

आजको कारोबार बन्द हूँदा थ्रीस्टार हाइड्रोको सेयर मुल्य ९५ रुपैयाँले बढेर १ हजार ५५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९० प्रतिशतले बढी हो । त्यस्तै आज अपर स्याङ्गे हाइड्रोको सेयर मूल्य ७.५४ प्रतिशत अर्थात् ४७ रुपैयाँले घटेर ६७० रुपैयाँमा कारोबार बन्द भएको छ ।

आत्मनिर्भर लघुवित्तका सेयर धनीहरुले पनि आज ५.८० प्रतिशतले नाफा कमाएका छन् । यो स्टकको सेयर मूल्य आज २९४ रुपैयाँ ९० पैसाले बढेर ५ हजार ३८० रुपैयाँ पुगेको छ । मंगलबार सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य पनि ०.५४ रुपैयाँले बढेर १० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.३७ प्रतिशतले धेरै हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal