Skip to content
Prabhu

मंगलबार दुई लघुवित्तसहित धेरै सेयर मूल्य घटेका ५ कम्पनी

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । १७० कम्पनीको सेयर मूल्य घटेको दिन बजार परिसूचक १३ अंकले घटेको हो ।

आज सेयर बजारमा धेरै घट्ने पाँच कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ योजना–३, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मुक्तिनाथा कृषि कम्पनी, महिला लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनी रहेका छन् । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको सेयर मूल्य सबैभन्दा धेरै ८.८२ प्रतिशतले घटेको छ । यो स्टकको सेयर मूल्य ०.८९ रुपैयाँले घटेर ९ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै मंगलबार स्वरोजगार लघुवित्तको सेयर मूल्य पनि ६५ रुपैयाँले घटेर १ हजार ३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९१ प्रतिशतले कम हो । आज मुक्तिनाथा कृषि कम्पनीको सेयर मूल्य पनि आज ४.७३ प्रतिशत अर्थात् ७४ रुपैयाँले घटेर १ हजार ४९० रुपैयाँ पुगेको छ ।

मंगलबार महिला लघुवित्तको सेयर मूल्य पनि १०० रुपैयाँले घटेको छ । यो कम्पनीको सेयर मूल्य ४.४२ प्रतिशतले घटेर २ हजार १६० रुपैयाँमा कारोबार बन्द भएको छ । आज धेरै घट्ने पाँच कम्पनीमा परेको पिपुल्स हाइड्रोको सेयर मूल्य पनि १५ रुपैयाँले घटेर ३४८ रुपैयाँमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१३ प्रतिशतले कम हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal