Skip to content
Prabhu

सरकारी कर्मचारीले सेयर कारोबार गर्न मोबाइलबाट टीएमएस चलाउनुपर्ने, अफिसको कम्प्युटरमा नचल्ने

काठमाडौं । कार्यालय समयमा सरकारी कर्मचारी सेयर बजारमा बढी लाग्न थालेपछि सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्न चलाउने टीएमएस नचल्ने बनाउने भएको छ ।

सेवाग्राहीको काम गर्नुपर्नेमा सरकारी कर्मचारी कार्यालय समयमा सेयर बजारमा मात्र रमाउने गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा देशभरका सरकारी कार्यालयमा टीएमएस नचल्ने निर्देशन दिएको हो । सो अनुसार सरकारी कार्यालयमा अब टीएमएस चल्ने छैन ।

सरकारले कम्युटरमा टीएमएस नचल्ने व्यवस्था गरेपनि कर्मचारीले आफ्नो मोबाइलमा डाटा चलाएर सेयर कारोबार भने गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal