Skip to content

आइएमई पेबाट सामसुङ मोबाइलमा ‘बाइ नाउ पे लेट’ सेवा

nabil bank

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले सामसुङका सबै प्रकारका मोबाईल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचर मार्फत शुून्य प्रतिशत इन्टरेस्ट ईएमआईमा खरिद गर्न सकिने सुविधासहितको योजना सार्वनिक गरेको हो ।

हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफरअन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका मोबाईल फोन शुन्य प्रतिशत इन्टरेस्ट ईएमआईमा खरिद गर्न सक्नेछन् । हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाइदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’ अप्सनमा गइ सोधिएको विवरण भरेर आफूले चाहेको मोबाईल फोन छनोट गरी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ ।

यसपछिको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको ईएमआई भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् । परम्परागत वित्तीय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्दै आएको छ ।

आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज, भर्चुअल भिसा काड, आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ । ‘बाइ नाउ पे लेटर’ लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुबिधाहरू सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो उदेश्य रहेको बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime