Skip to content

कम्पनी रजिस्ट्रार कार्यालयले नयाँ सफ्टवेयर प्रयोग गर्न नपाएपछि ३ दिनदेखि कम्पनी दर्ता बन्द

nabil bank

काठमाडौं । सर्वोच्च अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयले जडान गरेको नयाँ सफ्टवेयर प्रयोगमा अन्तरिम आदेशमार्फत रोक लगाएपछि तीन दिनदेखि कम्पनी दर्ता बन्द भएको छ।

भदौ २४ गते सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनी रजिस्ट्रारको कार्यालयले कार्यालयको नयाँ सफ्टवेयरसम्बन्धी अदालतबाट भएको आदेश कार्यान्वयन गर्नुपर्ने कारण देखाउँदै कम्पनी दर्ता सेवा स्थगित गरेको हो ।

मंगलबार सर्वोच्च अदालतबाट यसै वर्षको असार १९, साउन १७, भदौ ९ र भदौ १६ को मितिमा कार्यालयले प्रकाशित गरेको सूचनाअनुसारका सम्पूर्ण काम कारबाहीमाथि रोक लागेको छ । अदालतले अन्तरिम आदेशको टुंगो नलागेसम्म ती निर्णयहरू कार्यान्वयन नगर्न नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

कार्यालयबाट प्रवाह गरिने सेवालाई पूर्णरूपमा अनलाइन प्रणालीमा आबद्ध गर्न नयाँ सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याइएको थियो । सोही सफ्टवेयरको कार्यान्वयनमाथि अदालतले रोक लगाउँदा कम्पनी दर्ता लगायतका सेवा प्रभावित भएका हुन् ।

अदालतको आदेशसँगै कम्पनी रजिस्ट्रार कार्यालयको सिस्टममा रहेका नयाँ कम्पनी दर्तासम्बन्धी अनलाइन सेवा नचल्ने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime