Skip to content

थामे बाढीको उद्धारमा प्रभावकारी भूमिका खेलेको भन्दै डीएसपी घिमिरे पुरस्कृत

nabil bank

सोलुखुम्बु । सोलुखुम्बुको थामे बाढी प्रभावित क्षेत्रको उद्धारमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक(डीएसपी) द्वारिकाप्रसाद घिमिरे पुरस्कृत भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कदरपत्रसहित पुरस्कृत भएका हुन् ।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री)ले डीएसपी घिमिरेलाई पुरस्कृत गरिन् । प्रजिअ खत्रीले भनिन्, ‘थामेमा आएको बाढी प्रभावितको उद्धारसहित जिल्लामा भएका विभिन्न विपत्तीका घटनाहरुमा प्रहरीले निभाएको भुमिकालाई कदर गरेका हौँ, घटना भएको छोटो समयमै प्रहरी पुगेर उद्धार गरेका कारण जिल्लामा यस वर्ष विपतमा कुनै मानविय क्षति व्यहोर्नुपरेको छैन् नेतृत्वको यस प्रकारको कुशलतालाई हामीले सम्मान गर्ने पर्छ ।’

गत साउन ३२ गते हिमपात फुटेर थामे खोलामा बाढी आउँदा विद्यालय, स्वास्थ्य चौकीसहित थामेका २० घर परिवार पुर्ण रुपमा प्रभावित भएको थियो । उक्त बाढीमा फसेका व्यक्ति, भौतिक संरचना तथा सामग्रीहरुको उद्धारका लागि प्रहरीले कुशल तवरबाट भुमिका निर्वाह गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।

बाढीले क्षति भएको केही घण्टा भित्रै प्रहरी पुगेर प्रभावित स्थानीयबासीहरुलाई सुरक्षित स्थानमा सार्न मद्धत गरेका थिए । सो घटनामा प्रहरी प्रमुख घिमिरे आफंै पुगेर राहत तथा उद्धारमा सक्रिय भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime