Skip to content
Prabhu

अप्पर स्याङ्गे हाईड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको आठौं वार्षिक साधारणसभाको मिति असोज १८ गतेका लागि तोकेको हो ।

कम्पनीको भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले काठमाडौंको चप्पल कारखाना चोकमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान १० बजे सभा बोलाएको छ । कम्पनीले लाभांशसम्बन्धी कुनै एजेण्डा समावेश गरेको छैन् ।

सभाले वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण् पनि गर्नेछ । अघिल्लो आवमा गरेको आर्थिक सहयोग रकम अनुमोदन गर्ने विशेष एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा असोज २ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा उपस्थित हुन सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal