Skip to content
Prabhu

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा १ हजारले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि गत भदौ १३ गते सुनको मूल्यले १ लाख ५३ हजार २०० रुपैयाँको रेकर्ड बनाएको थियो । आज त्यो रेकर्ड तोडिएको हो । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ७ सय ६५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal