Skip to content
Prabhu

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोलमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४’ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउनका लागेको हो ।

विकास ऋणपत्र २०८४ को भदौ २६ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ २७ गते बिहीबार निष्कासन हुने जनाइएको छ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

विसं २०८४ भदौ २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । विकास ऋणपत्रको प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

न्यूनतम ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५ लाखले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal