Skip to content
Prabhu

राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट साट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकले विगतमा दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो ।

दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकाले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो । बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै केन्द्रीय बैंकले यो दशैंमा सुकिला नोटको सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।

एक व्यक्तिले साना दरको १÷१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साट्न सक्ने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal