Skip to content
Prabhu

केन्ट आरओ वाटर प्युरिफायरको दसैं–तिहार अफर

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूको एक मात्र आधिकारिक वितरक ईओएल प्रालि, सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले विशेष ग्राहक योजना सार्वजनिक गरेको छ । केन्ट आरओ वाटर प्यूरिफायरले दसैंतिहारलाई लक्षित गर्दै ‘यो दसैं–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ नारासहित विशेष अफर सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत केन्टका आरओ वाटर प्युरिफायरहरू खरिद गर्दा ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउने कम्पनीले जनाएको छ । यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवनशैलीको महत्वलाई प्रोत्साहन गर्ने उद्देश्य कम्पनीले राखेको छ ।

केन्टका उत्पादित आरओ प्यूरिफायरहरूले १०० प्रतिशत शुद्ध पानी मात्र प्रदान नगरी आवश्यक खनिज पदार्थहरू पनि कायम राख्छन् । यिनीहरूमा रो प्लस युभि प्लस युएफ प्लस टीडीएस टेक्नोलोजीको प्रयोग गरिएको छ जसले पानीलाई पूर्ण रूपमा शुद्ध बनाउँछ । साथै, प्यूरिफायरमा रहेको यूभी इन ट्यांक र डिजिटल प्योयरिटी डिस्प्लेले शुद्धताको गुणस्तरको बारेमा सुनिश्चितता दिन्छ ।

यस अफर भदौ २३ गतेदेखि सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ र सम्पूर्ण नेपालभर लागू हुनेछ । यो योजना केन्टका सबै आरओ मोडेलमा लागू गरिएको छ, जसमा केन्ट ग्रान्ड प्लस, केन्ट पर्ल र केन्ट ग्रान्ड स्टारजस्ता मोडेलहरू समावेश छन् ।

केन्ट ब्राण्डका अन्य उत्पादनहरू जस्तै एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू, र स्मार्ट किचन उपकरणहरू पनि नेपाली बजारमा निकै लोकप्रिय छन् । यस योजनाको साथ, ग्राहकहरूलाई स्वच्छ पानीको महत्व बुझाउँदै सिजी इलेक्ट्रोनिक्सले स्वास्थ्य र स्वच्छताको साथमा पर्व मनाउनका लागि प्रोत्साहित गरिरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal