Skip to content
Prabhu

ह्यारिसको जवाफ ट्रम्पलाई– म बाइडेन होइन, मसँग तपाईं चुनाव लड्दै हुनुहुन्छ

काठमाडौं । अमेरिकामा आउँदो नोभेम्बर ५ तारिखमामा हुने राष्ट्रपतीय चुनावका लागि प्रतिस्पर्धी कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच मंगलबार पहिलो पटक डिबेट भएको छ।

मंगलबार फिलाडेल्फियामा भएको डिबेटमा ह्यारिसले आफ्नो पोडियमबाट अघि बढेर ट्रम्पसँग हात मिलाएर मैत्रीभावना देखाएकी थिइन्। हात मिलाउँदै ह्यारिसले भनिन्, ‘लेट्स ह्याभ अ गुड डिबेट।’ जबाफमा ट्रम्पले भने, ‘नाइस टू सी यू।’

हात मिलाएर सुरू भएको डिबेटमा ह्यारिस सुरूदेखि नै आक्रमक देखिएकी थिइन्। ट्रम्पले भने उनीमाथि विभिन्न प्रकारका आरोपहरू लगाएका थिए।

उनीहरूबीच अर्थतन्त्र, गर्भपतनको अधिकार, आप्रवासी नीति, परराष्ट्र नीति, युद्धलगायत विषयमा वादविवाद भएको थियो। दुई जनाबीच करिब एक घण्टा ४५ मिनेट डिबेट भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।

ह्यारिसले डिबेटमा ट्रम्पमाथि विश्वका नेताहरू हाँसिरहेको, कमजोर र गलतलगायत शब्दहरू प्रयोग गरेकी थिइन्। ह्यारिसले सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजा पनि कोट्याएकी थिइन्।

ट्रम्पलाई ८ करोड १० लाख जनताले अस्वीकृत गरेको थप्दै ह्यारिसले भनिन्,‘स्पष्टसँग भन्नुपर्दा उनलाई नतिजा स्वीकार्न गाह्रो भइरहेको छ।’अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति उम्मेदवार कमला ह्यारीससँगको टेलिभिजन डिवेटमा कमला पनि राष्ट्रपति जो बाइडेन जस्तै भएको टिप्पणी गरेका छन् ।

स्थानीय समयअनुसार मंगलबार राति भएको डिवेटमा ट्रम्पले भनेका थिए, ‘बाइडेनबाट अलग हुन खोजे पनि उनी (कमला ह्यारिस) बाइडेन नै हुन् ।’

कमला ह्यारिसले भने आफू बाइडेन पनि नभएको र ट्रम्प पनि नभएको टिप्पणी गरिन् । ‘म जो बाइडेन होइन र ट्रम्प पनि होइन,’ ह्यारिसले भनिन् । उनले अमेरिकाका लागि नयाँ पुस्ताको लिडरसिपको विकासमा आफूले काम गर्ने प्रतिबद्धता जनाइन् ।

ट्रम्पले बाइडेन प्रशासनको आलोचना गर्दा कमलाले बाइडेनविरुद्ध नभएर आफूविरुद्ध चुनाव लडिरहेको उनलाई सम्झाएकी थिइन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal