Skip to content
Prabhu

बुधबारको सेयर कारोबारः एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको दिन एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागको हो ।

आज विन नेपालको सेयर मूल्य २१८ रुपैयाँ ५० पैसाले बढेर २ हजार ४०३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको कारोबारभन्दा १० प्रतिशतले बढी हो । आज सेयर बजार घटे पनि थ्रीस्टार हाइड्रोपावर, समाज लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनिले सबैभन्दा धेरै कमाए ।

आजको कारोबार बन्द हुँदा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १०० रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.४८ प्रतिशतले धेरै हो । आज समाज लघुवित्तको सेयर मूल्य पनि ६.८१ प्रतिशत अर्थात् २०७ रुपैयाँले बढेर ३ हजार २४७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै कालिका लघुवित्तको सेयर मूल्य पनि आज ६९ रुपैयाँ ९० पैसाले बढेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ११९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.६६ प्रतिशतले बढी हो । सीईडीबी हाइड्रोको सेयर मूल्य पनि आज ५.८२ प्रतिशत अर्थात् १२४ रुपैयाँले बढेर २ हजार २५४ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal