Skip to content
Prabhu

सेयर बजार राताम्य हुँदा धेरै घटेका शीर्ष ५ कम्पनीहरू

काठमाडौं । बुधबार सेयर बजार राताम्य भएर बन्द भएको छ । सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६५ कम्पनीको मात्रै सेयर मूल्य बढेको हो ।

सेयर बजारमा बुधबार धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा एसियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छन् । आजको सेयर कारोबार बन्द हुँदा एसियन हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ६.८८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ ६० पैसाले घटेर ६१७ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यसतै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५० रुपैयाँले घटेर ९०० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ५.२६ प्रतिशतले कम हो । त्यस्तै आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ४.८१ प्रतिशत अर्थात् १०४ रुपैयाँ ६० पैसाले घटेर २ हजार ७० रुपैयाँ ४० पैसा कायम भएको छ ।

बुधबार मनकामना इन्जिनियरिङ हाइड्रोको सेयर मूल्य १७ रुपैयाँले घटेर प्रतिकित्ता ३६३ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ४.६७ प्रतिशतको गिरावट हो । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ४.२८ प्रतिशत अर्थात् २३० रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal